उत्तर कोरियाले दक्षिण कोरियाबाट अनुमतिबिना कडा सुरक्षा संयन्त्र भएको सीमा पार गरेका एक बहालवाला अमेरिकी सैनिकलाई पक्राउ गरेको बताइएको छ ।
उनी संयुक्त राष्ट्रद्वारा आयोजित दुई देशलाई विभाजन गर्ने क्षेत्रको सङ्गठित भ्रमणमा थिए । यस्तो सङ्कटपूर्ण अवस्था विश्वको सबैभन्दा अलग राष्ट्रहरू मध्ये एक उत्तर कोरियासँगको तनावपूर्ण समयमा सिर्जना भएको हो। अमेरिकी नागरिकलाई त्यस देशमा नजान सल्लाह दिइएको छ । एक वरिष्ठ अमेरिकी कमान्डरले ती सैनिकसँग अहिले कुनै सम्पर्क नभएको जानकारी दिएका छन्।
अमेरिकी इन्डो–प्यासिफिक कमान्डका एडमिरल जोन एक्विलिनोले उत्तर कोरियासँगको सम्पर्कबारे आफूले निगरानी नराखेको बताएका हुन् । उनका अनुसार ती सैनिक अनुमतिबिना स्वेच्छिक ढङ्गमा भागेर त्यहाँ पुगेका र यस घटनाको अनुसन्धान कोरियामा रहेको अमेरिकी सेनाको समूह यूएस फोर्सेस कोरियाले गरिरहेको बताए ।
ती सैनिकलाई हिरासतमा लिएको केही घण्टापछि उत्तर कोरियाले नजिकैको समुद्रमा दुई वटा शङ्कास्पद बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । दक्षिण कोरियाली सेनाले ती क्षेप्यास्त्रहरू प्रक्षेपण भएको पुष्टि गरेको छ। कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका स्थितिमा घटनाक्रम यसरी अघि बढेको हो । यद्यपि उक्त प्रक्षेपण सैनिकलाई हिरासतमा राख्नुसँग सम्बन्धित हो या होइन भन्नेबारे कुनै सङ्केत छैन ।
उत्तरबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआउँदा ती व्यक्तिलाई उत्तर कोरिया पठाइयो वा उनी फर्किने आशामा छन् भन्ने स्पष्ट हुन सकेको छैन । पेन्टागनले ती सैनिकलाई प्राइभेट सेकेन्ड क्लास ट्राभिस किङको रूपमा चिनाएको छ। पेन्टागनका एक प्रवक्ताले जारी गरेको विज्ञप्तिका अनुसार पीटीई किङ सन् २०२१ को जनवरीदेखि सेनामा छन् ।
यी घोडसवार सेना सुरुमा दक्षिण कोरियामा अमेरिकी सेनाको पहिलो बख्तरबन्द सम्बन्धी विभागको एक इकाईमा खटाइएका रणनीतिक विशेषता वा लक्ष्य पत्ता लगाउन सैन्य अवलोकन गर्ने विशेषज्ञ थिए । एसोसिएटेड प्रेसका अनुसार पीटीई किङलाई दक्षिण कोरियामा हातपातको आरोप लागेपछि उनीमाथि अनुसन्धानात्मक कारबाही भइरहेको थियो ।

प्रतिक्रिया