भारत नियन्त्रित जम्मुकश्मीरको पुन्च जिल्लाको नियन्त्रण रेखा (एलओसी) मा आतङ्कवादीहरूको घुसपैठको प्रयासलाई भारतीय सेनाले विफल पारेको छ ।
भारतीय सेना र जम्मुकश्मीर प्रहरीले गरेको संयुक्त कारबाहीमा घुसपैठको प्रयास असफल भएको तथा एक जना आतङ्वादी मारिएको सरकारी अधिकारीले बताएका छन् । सुरक्षाकर्मीले आतङ्वादीबाट एके ७४ राइफलसहित भारी मात्रामा हतियार र गोला बारुद नियन्त्रणमा लिएको छ ।
आइतबार रातिदेखि सोमबार बिहानसम्म पुन्च नदी नजिकै नियन्त्रण रेखामा भएको दोहोरो झडपमा दुई जना आतङ्कारी मारिएकामा एकजना गोली लागेर सोझै पुन्च नदीमा खसेको थियो । कारबाहीस्थलबाट एक जनाको शव बरामद गरिएको छ ।

प्रतिक्रिया