सरकार गठनको प्रयास विफल भए उम्मेदवारी फिर्ता लिने थाइ प्रधानमन्त्रीका प्रत्यासी पिताको भनाइ


थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका लागि उदारवादी उम्मेदवार पिता लिम्जारोएनरतले आगामी हप्ता संसदले आफुलाई प्रधानमन्त्रीका रूपमा अनुमोदन नगरे आफ्नो प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने बताएका छन् ।

पिताको मुभ फरवार्ड पार्टी (एमएफपी) ले मे महिनामा भएको निर्वाचनमा सबैभन्दा बढी सिट जितेको थियो । राज्यमा नौ वर्षको सेना समर्थित शासनपछि प्रगतिशील सुधारका लागि थाई युवाहरू आतुर र उत्साहित भएका थिए ।

तर हार्वर्ड विश्वविद्यालयमा पढेका पिताले नयाँ सरकारको नेतृत्व गर्ने अभियानलाई बिहीबार संसदमा भएको मतदानमा सिनेटरहरू असफल बनाइदिएका थिए । उनले मानहानीसम्बन्धी व्यवस्था भएको कडा थाई कानूनमा सुधार गर्ने आफ्नो प्रतिज्ञालाई कार्यान्वयनमा लाने बताएका थिए ।

नयाँ प्रधानमन्त्रीका लागि व्यवस्थापिकामा बुधबार दोस्रो मतदान हुँदैछ र पिताले गठबन्धनका साझेदार फेउ थाईका उम्मेदवारलाई आवश्यक मत प्राप्त गर्न असफल भएमा आफूले समर्थन गर्ने बताए ।

‘हामी सफल हुन सकेनाौँ । यसका लागि म माफी माग्न चाहन्छु,; उनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो सम्बोधनमा भनिएको छ ।’म थाइल्याण्डलाई मौका दिन तयार छु र दोस्रो मत प्राप्त गर्ने पार्टीलाई मौका दिन तयार छु । गठबन्धन बनाउन एक हुनुहोस् ।’

पहिलो मतदानमा आफ्नो उम्मेदवारीलाई समर्थन गर्न आवश्यक पर्ने ३७५ सांसदमध्ये पितालाई ५१ मत पुगेको थिएन ।केवल १३ सिनेटरहरूले उहाँको पक्षमा मतदान गरेका थिए । धेरैले राज्यको शाही मानहानीसम्बन्धी कानूनलाई नरम पार्ने एमएफपीको प्रतिज्ञाको विरोध गरेका थिए ।

पहिलो मतदान पछि, पार्टीले कानूनमा प्रस्तावित संशोधनहरूमा सम्झौता गर्न अस्वीकार गरेको छ । प्रस्तावित संशोधनले हाल राजतन्त्रका दोषी आलोचकहरूलाई १५ वर्षसम्म जेल सजाय दिन अनुमति दिन्छ ।

राजनीतिक विश्लेषक थितिनान पोंगसुधिराकका अनुसार सबै २५० सिनेटरहरू सैनिक निकटस्थ जुन्ता प्रशासनद्वारा ड्राफ्ट गरिएको संविधान अन्तर्गत नियुक्त गरिएको थियो, यो नै एमएफपीको सुधारवादी अभियानमा एउटा जटिल बाधा भएको बताए ।

उनले भने, ‘यो प्राधिकरण र शासनका लागि लामो समयसम्म सत्तामा रहिरहने र उनीहरूविरुद्ध उभिन सक्ने लोकतन्त्र समर्थक सरकारलाई रोक्ने एउटा तरिका हो ।’

पिताले आफ्ना समर्थकलाई ‘सिर्जनशील’ हुन आग्रह गर्दै सिनेटरहरूलाई अर्को चरणमा आफ्नो पहिलो चरणको मतदानको समयको अडानमा परिवर्तन गर्न आग्रह गरेका थिए । ‘म एक्लैले सिनेटरहरूको मन परिवर्तन गर्न सक्दिन । त्यसैले म सबैलाई यो मिसनमा सहयोग गर्न आग्रह गर्दछु’ उनले भने ।

पिताको दोस्रो अभियान असफल भएमा ६० वर्षीया धनाड््य नेता श्रेता थाभिसिनलाई फेउ थाईको प्रधानमन्त्रीको उम्मेदवार बनाउने चर्चा पनि छ ।

थाइल्याण्डका प्रभावशाली अभिजात वर्गबीच व्यापारिक नेताहरूले मन पराएका उनलाई सम्भावित सम्झौतापरस्त उम्मेदवारको रूपमा हेरिएको छ ।