पीटीआईमाथि प्रतिबन्ध लगाए इमरान खानले नयाँ दल खोल्ने


पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाइएको अवस्थामा आगामी आम निर्वाचनमा भाग लिनका लागि नयाँ राजनीतिक दल गठन गर्ने भएका छन् ।

मे ९ मा भएको देशव्यापी हिंसात्मक प्रदर्शनलाई लिएर धेरै सरकारी अधिकारीहरूले प्रदर्शनमा संलग्न प्रदर्शनकारी र पीटीआईमाथि प्रतिबन्ध लगाउन आह्वान गरेका थिए ।

पाकिस्तानका आन्तरिक मामिला मन्त्री राणा सनाउल्लाहले पीटीआईमाथि प्रतिबन्ध लगाउनु नै एकमात्र समाधान भएको बताएका थिए । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष तथा विदेशमन्त्री बिलावल भुट्टो जरदारीले पनि पीटीआईमाथि प्रतिबन्ध लगाउने कुनै पनि कदमको आफ्नो पार्टीले विरोध नगर्ने बताए ।

इमरानले यदि उनीहरूले आफ्नो पार्टीमाथि प्रतिवन्ध लगाएमा आफूहरुले नयाँ पार्टी बनाउने र चुनाव जित्ने बताए । पीटीआई अध्यक्ष खानले आफ्नो समर्थकको आधार ‘अक्षुण्ण’ रहेको र राष्ट्रिय राजनीति’ आधारभूत रूपमा परिवर्तन’ भएको दाबी गरेका छन् ।