भारतले चन्द्रमामा चन्द्रयान–३ पठायो


भारतले शुक्रबार चन्द्रयान–३ प्रक्षेपण गरेको छ । भारतले शुक्रबार दिउँसो २ः३५ बजे आन्ध्रप्रदेशको स्पेसपोर्टमा चन्द्रयान–३ चन्द्रमामा पठाइएको हो । इसरोले चन्द्र मिशन अन्तर्गत चन्द्रयान–३ चन्द्रमामा पठाइएको बीबीसीले जनाएको छ । चन्द्रयान–३ अगस्ट ५ मा चन्द्रमाको कक्षमा प्रवेश गर्ने बताइएको छ ।

यसलाई एलभीएम ३–एम४ रकेटबाट प्रक्षेपण गरिएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् । रकेटले १६ मिनेटमा १७९ किलोमिटरमाथि लगेर अन्तरिक्षमा धकेलेको थियो । चन्द्रमाको कक्षमा प्रवेश गर्नुअघि यो यानले चारपटक पृथ्वीको चक्कर लगाउने छ ।

चन्द्रमाको बाहिरी कक्षमा यो यान पाँच अगस्टको आसपासमा पुग्ने जनाइएको छ । चन्द्रमाको कक्षमा पुगेपछि विक्रम ल्यान्डर र रोभर प्रोपल्सन मड्युल छुट्टिनेछन् । ल्याडिङको स्थान विक्रम ल्यान्डरले आफैँ चयन गर्ने जनाइएको छ ।