किशोरीलाई अश्लील फोटो खिचाएको आरोप लगाइएका बीबीसीका कर्मचारी निलम्बित


बीबीसीका एक प्रस्तोताले एक किशोरीलाई अश्लील फोटो खिचाएबापत हजारौं पाउण्ड तिरेको आरोप लागेपछि बीबीसीले आफ्ना एक पुरुष कर्मचारीलाई निलम्बन गरेको छ ।यसअघि बेलायती संस्कृतिमन्त्री लुसी फ्रेजरले बीबीसीका महानिर्देशक टिम डेभीसँग आफूले यस विषयमा भेटी गम्भीर चिन्ता व्यक्त गरेको बताएका थिए ।

बीबीसीका एक प्रस्तोताले आफ्नो बच्चालाई तीन वर्षको अवधिमा ४५ हजार अमेरिकी डलरभन्दा बढी रकम तिरेको ती युवतीकी आमाले बताएकी छन् । गत मे महिनामा भुक्तानी सुरु हुँदा १७ वर्षकी भनिएका ती युवतीको परिवारले बीबीसीमा उजुरी गरेपछि पनि प्रस्तोता एक महिनासम्म प्रसारणमा आएको दाबी गरिएको छ ।

बीबीसीले विज्ञप्ति जारी गरी ‘पहिलो पटक मे महिनामा उजुरीबारे थाहा पाएको’ पुष्टि गरेको छ । बीबीसीले कुनै पनि आरोपलाई गम्भीरतापूर्वक लिएको र ‘यस्ता आरोपहरूको सक्रियतापूर्वक सामना गर्न बलियो आन्तरिक प्रक्रिया रहेको बताएको छ ।