टर्कीद्वारा बैंकको ब्याजदरमा दोब्बर वृद्धि


टर्कीले प्रमुख ब्याज दरलाई लगभग दोब्बर बनाएको छ । टर्कीको केन्द्रीय बैंकले मुद्रास्फीतिसँग लड्न र समस्याग्रस्त लिरालाई स्थिर गर्न आफ्नो प्रमुख ब्याज दरलाई लगभग दोब्बर बनाएको हो ।

राष्ट्रपति एर्दोगानले गत मे महिनामा भएको चुनावमा विजयी भएपछि आफ्नो सरकारलाई लगानीकर्तासमर्थित अनुहारले भरिएपछि बैंकले आफ्नो पहिलो बैठकमा ब्याजदर ८ दशमलव ५ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको हो ।

केन्द्रीय बैंकले मुद्रास्फीतिको परिदृश्यमा उल्लेखनीय सुधार नआएसम्म मौद्रिक कडाइलाई समयानुकूल र क्रमिक रूपमा आवश्यकताअनुसार थप मजबुत बनाइने बताएको छ । बैंकले सन् १९९० को दशकपछि टर्कीको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गर्न विगतका एर्दोगान सरकारले प्रयोग गर्ने नीतिहरूलाई ‘सरल बनाउने र सुधार गर्ने’ वाचा पनि गरेको छ ।