युक्रेनको पुननिर्माणका लागि ६० अर्ब युरो सहयोगको प्रतिवद्धता


युक्रेनको पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा विदेशी दातृ निकायले युक्रेनका लागि ६० अर्ब युरो बराबरको नयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्मेलनको आयोजना गरेको बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले युक्रेनलाई संयुक्त रूपमा ६० अर्ब युरो सहयोगको घोषणा गर्न आफूहरु प्रतिवद्ध रहेको बताए । सहयोगी मुलुकका सरकार र अन्तर्राष्ट्रिय सङ्गठनहरूको प्रतिबद्धताले छोटो र मध्यम अवधिमा युक्रेनलाई समर्थन गर्ने लक्ष्य राखेको उनले बताए । युक्रेनका प्रधानमन्त्री डेनिस शमिगलले आफूहरु युद्धको अन्त्यको पर्खाइमा नरहेको बताए ।

उनले आर्थिक समर्थनको लागि सम्बन्धित सबैलाई धन्यवाद दिए । मध्य अवधिमा युक्रेनी अर्थतन्त्रलाई पुनर्जीवन दिन ४०० अर्ब डलरभन्दा बढी आवश्यक पर्ने अनुमान गरिएको छ । सम्मेलनको पूर्वसन्ध्यामा घोषणा गरिएको युरोपेली सङ्घले सन् २०२७ सम्म लागू गर्ने योजना बनाएको ५० अर्ब युरोको सहायता प्याकेजबाट ६० अर्ब युरोको ठूलो हिस्सा प्राप्त भएको छ ।