बाइडेनका छोरा हन्टरद्वारा आफू लागुऔषध प्रयोगकर्ता भएको स्वीकार


अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टरले सङ्घीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको स्वीकार गरेका छन् । हन्टर बाइडेनले आफ्नो गृह राज्य डेलावेयरस्थित अमेरिकी महान्यायाधिवक्ताको कार्यालयसँगको निवेदनमा आफू लागुऔषध प्रयोगकर्ता भएको र बन्दुक राखेको स्वीकार गरेका हुन् ।

हन्टर बाइडेन र अमेरिकी अभियोजकहरूबीच भएको सम्झौतालाई संघीय न्यायाधीशले अनुमोदन गर्नुपर्ने छ । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना छोरा हन्टरलाई अभियोग स्वीकार गरेकोमा स्यावासी दिएका छन् ।