चिनियाँ र रुसी सेनाको संयुक्त हवाई रणनीतिक गस्ती


चिनियाँ र रुसी सेनाले जुन ६ र ७ गते संयुक्त हवाई रणनीतिक गस्ती गरेका छन् । दुई देशका वायु सेनाबीचको समन्वयलाई प्रभावकारी रूपमा परीक्षण र अभिवृद्धि गर्नका निम्ति रणनीतिक गस्ती गरिएको रक्षा प्रवक्ताले बताए ।

उक्त गस्ती सन् २०१९ देखि चिनियाँ र रुसी सेनाद्वारा संयुक्त रूपमा आयोजना गरिएको र सञ्चालन गरिएको छैटौं शृङ्खला हो । यो हवाई रणनीतिक गस्ती रहेको र यसले कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने मन्त्रालयले जनाएको छ ।