दश महिनामा बङ्गलादेशको व्यापार घाटा ४३ प्रतिशतले घट्यो


सन् २०२२–२३ को जुलाईदेखि सन् २०२३ को जुनसम्मको पहिलो १० महिनामा बङ्गलादेशको व्यापार घाटा ४३ दशमलव २१ प्रतिशतले घटेर १५ अर्ब ७३ करोड अमेरिकी डलरमा झरेको छ ।

बङ्गलादेश बैंकको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको जुलाईदेखि अप्रिलसम्मको अवधिमा बङ्गलादेशको आयात भुक्तानी १४ दशमलप ४० प्रतिशतले वृद्धि भई ५८ अर्ब ७८ करोड अमेरिकी डलर पुगेको छ भने निर्यातबाट हुने आम्दानी ५ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भई ४३ दशमलव शून्य ५ अर्ब डलर पुगेको छ ।

गत आर्थिक वर्षको जुलाईदेखि अप्रिलसम्मको अवधिमा बङ्गलादेशको निर्यात आय र आयात भुक्तानीबीचको अन्तर २७ अर्ब ७० करोड अमेरिकी डलर रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय बैंकका एक अधिकारीका अनुसार रेमिट््यान्सले बङ्गलादेशलाई व्यापार घाटाको असर कम गर्न मद्दत गरेको छ ।