फ्रान्सको ब्रिट्नीको सेन्ट–हर्बोटमा ११ वर्षीया बेलायती बालिकाको आइतबार गोली हानी हत्या गरिएको छ । बगैंचामा देखिएको विवादका क्रममा उनको छिमेकीले गोली हानेका हुन् । आक्रमणमा उनका आमाबुवा गम्भीर घाइते भएका छन् ।
उनकी आठ वर्षीया बहिनी भने भागेकी थिइन् । उनको परिवार बगैचामा बसेको बेला ७१ वर्षीय डच छिमेकी बन्दुक लिएर आक्रमण गर्न आएको बताइएको छ ।
घटनामा ११ वर्षीया बालिका मृत फेला परेको र आमा बाबुलाई गम्भी चोट लागेको थियो । घटनाको एक घण्टा पछि आक्रमणकारीले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।
प्लोनेभेज–डु–फाउ रेजिन गुइलोटको टाउन हलका कर्मचारीका अनुसार बगैंचाको सिमानामा रहेका रूखहरू काट्ने विषयमा असहमतिका कारण गोली हानाहान भएको हो।

प्रतिक्रिया