रूस–युक्रेनबीच शान्तिका लागि वार्ता आयोजना गर्न दक्षिण अफ्रिका तयार



रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्व अन्त्यका लागि अफ्रिकी नेताहरूको शान्ति अभियानको स्वागत गरेपछि दक्षिण अफ्रिकाले रूस र युक्रेनबीच वार्ता आयोजना गर्न तयार रहेको बताएको छ ।

राष्ट्रपति सिरिल रामाफोसाले गत महिना पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ६ सदस्यीय अफ्रिकी शान्ति टोलीलाई स्वागत गर्न सहमति भएको बताएका थिउ ।

यो वार्ता यसै महिना सुरू हुने अपेक्षा गरिएको छ । राष्ट्रपति कार्यालयका एक मन्त्री खुम्बुद्जो एनतशाभेनीले दक्षिण अफ्रिकाले शान्ति शिखर सम्मेलन आयोजना गर्ने सम्भावनालाई ग्रहण गर्ने बताए ।

यसअघि बिहीबार दक्षिण अफ्रिकाको राष्ट्रपतिको कार्यालयले राष्ट्रपति पुटिनसँग रामाफोसाको फोनमा कुराकानी भएको जनाएको थियो । कुराकानीका अवसरमा रूसी नेताले अफ्रिकी राष्ट्रप्रमुखहरूको पहलको स्वागत गर्दै शान्ति अभियानलाई स्वीकार गर्ने इच्छा व्यक्त गरेका बताइएको छ ।

रामाफोसाले गत महिना घोषणा गरेको प्रतिनिधिमण्डलमा कङ्गो गणतन्त्र, इजिप्ट, सेनेगल, दक्षिण अफ्रिका, युगान्डा र जाम्बियाका राष्ट्रपतिहरू रहेका छन् । दक्षिण अफ्रिकाले क्रेमलिनतर्फ ढल्केको आरोप लागेपछि आफ्नो तटस्थताको साखलाई चम्काउन खोजिरहेको बेला शान्तिवार्ताको तयारीबारे जानकारी आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्ट्रेलियाली पूर्व क्रिकेटर म्याकगिल कोकिन आपूर्ति मामिलामा दोषी ठहर

सिड्नी ।  अस्ट्रेलियाका पूर्व टेस्ट क्रिकेटर स्टुअर्ट म्याकगिललाई बिहीबार कोकिन आपूर्तिमा संलग्न भएको

‘अनुचित व्यापार’ अझ सामान्य हुने दक्षिण कोरियाली मन्त्रीको चेतावनी

सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी इस्पात र एल्युमिनियममा लगाइएको भन्सार शुल्कबाट

पाकिस्तानमा रेल अपहरणः तीन सयको उद्दार

बीबीसी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरू कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक

जर्मनीमा नवीकरणीय ऊर्जाबाट लगभग ६० प्रतिशत बिजुली उत्पादन हुने

बर्लिन । जर्मनीको बिजुली उत्पादनको ५९.४ प्रतिशत हिस्सा वायु ऊर्जा, सौर्य ऊर्जा, बायोग्यास