बङ्गलादेशमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु



बङ्गलादेशको सिलेट जिल्लामा बुधबार ट्रक र पिकअप भ्यान एकआपसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् ।

सिलेटको दक्षिण सुर्मा प्रहरी चौकीका इन्स्पेक्टर मोहम्मद अबुल हुसेनले दुर्घटनाको पुष्टि गर्दै भने, “दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

राजधानी ढाकाबाट करिब २४० किलोमिटर उत्तरपूर्वमा रहेको सो जिल्लामा स्थानीय समयअनुसार बिहान ६ बजे भएको दुर्घटनामा परी केही मजदुर गम्भीर घाइते भएका छन् । घाइते सबैलाई स्थानीय अस्पताल र क्लिनिकमा लगिएको र दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको उनले बताए ।

बङ्गलादेशमा सडक दुर्घटनाका कारण हुने मृत्युदर विश्वमै सबैभन्दा बढी छ । कमजोर राजमार्ग, खराब सवारी साधन, चालकहरूले ट्राफिक नियमको उल्लङ्घन गर्नु र ट्राफिक विभागको अनुगमनको कमी हुनु यहाँको दुर्घटनाको मुख्य कारण हुने गरेका छन् ।

बङ्गलादेशमा मुस्लिम धर्मावलम्बीको इद उल फित्र पर्वको दौडान अप्रिल १५ देखि अप्रिल २९ सम्म ३०४ वटा सवारी दुर्घटनामा परी ३२८ जनाको मृत्यु भएको छ भने ५६५ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ग्याबोनले अमेरिकी सहयोग नपाउने

संयुक्त राज्य अमेरिकाले सैन्य शासित अफ्रिकी राष्ट्र ग्बोनलाई सहयोग नगर्ने घोषणा गरेको छ

निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती

भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती

क्यानडाका सभामुखद्वारा राजीनामा

दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसदमा आमन्त्रण गरेर

वैवाहिक समारोहमा आगलागी हुँदा इराकमा कम्तीमा एकसय जनाको मृत्यु

बीबीसी । इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु