मोजाम्बिकका दुई तिहाइ नागरिक इन्टरनेटको पहुँच बाहिर



मोजाम्बिकको कुल जनसङ्ख्याको दुई तिहाइ हिस्सा अर्थात् देशको दुई करोड २० लाखभन्दा बढी व्यक्ति इन्टरनेटको पहुँचमा नरहेको मोजाम्बिकको सञ्चारमाध्यम (एआईएम) ले जनाएको छ ।

मोजाम्बिकको सञ्चार नियामक प्राधिकरण (आईएनसीएम) र राष्ट्रिय तथ्याङ्क कार्यालयले गत साता मोजाम्बिकमा दूरसञ्चार सेवाका प्रयोगकर्ताबारे सार्वजनिक गरेको सर्वेक्षणको नतिजालाई प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सर्वेक्षणले मोजाम्बिकको कम क्रय शक्तिको कारण देशमा इन्टरनेट पहुँचको लागत सस्तो नभएको औंल्याएको छ । “मोजाम्बिकीहरूको जीवनयापनको लागत र क्रय शक्ति एसएडीसी (दक्षिणी अफ्रिकी विकास समुदाय) का अन्य सदस्यहरूको तुलनामा कम छ,” एआईएमले सर्वेक्षणको नतिजा प्रस्तुत गर्दै आईएनसीएम निर्देशक समितिका कार्यकारी अध्यक्ष तुहा मोटेले भने ।

मोटेले भने, “यो परिदृश्यले संस्थाले नियमनमा अधिक काम गर्नु पर्दछ र इन्टरनेट सेवाहरूको प्रयोगलाई प्रोत्साहित गर्न युवाहरूलाई अधिक रोजगारीको अवसर दिनुपर्ने सङ्केत गर्दछ ।

सञ्चार प्रदायकहरूको लागि चुनौती सुलभ सेवाहरू प्रदान गर्नु भएको मोटेले बताए । उनले भने, “हामीले आपूर्तिको समस्या समाधान गरेका छौं भन्ने हाम्रो विश्वास छ । अहिले हाम्रो सबैभन्दा ठूलो चिन्ता भनेको मागको सम्बोधन गर्नु हो ।”

उनले भने, “हामीले दूरसञ्चार नेटवर्कमा चल्ने सेवाहरूको प्रभावकारी प्रयोग बढाउन उपकरणहरू पहुँचयोग्य हुने र सञ्चार सेवाहरूको लागत पनि पहुँचयोग्य हुने वातावरण सिर्जना गर्नुपर्दछ ।”

एआईएमको रिपोर्ट अनुसार सबैभन्दा बढी प्रयोग गरिएको इन्टरनेट अपरेटर मोभिटेल हो, जसको पहुँचमा अनुमानित ५६.८ प्रतिशत प्रयोगकर्ताहरू छन् र यसको बहुमत प्रयोगकर्ता मध्य र उत्तरी क्षेत्रका ग्रामीण क्षेत्रमा छन् । सेवाका लागि दक्षिण अफ्रिकी मोबाइल सञ्चार कम्पनी भोडाकम दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,