करिब तीन हजार अफगान शरणार्थी इरानबाट स्वदेश फिर्ता



इरानमा बस्दै आएका करिब तीन हजार अफगानी शरणार्थी मङ्गलबार स्वदेश फर्किएका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मामिला मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा एकै दिन ठूलो सङ्ख्यामा अफगानी शरणार्थी इरानबाट स्वदेश फर्किएको जानकारी दिइएको हो ।

“इरानमा वर्षौंसम्म शरणार्थीको रूपमा बिताएपछि मङ्गलबार दुई हजार ७७८ अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन् र शरणार्थीहरूलाई उनीहरूको देशमा फर्काउने प्रक्रिया जारी छ,” विज्ञप्तिमा भनिएको छ ।

झण्डै २५ लाखभन्दा बढी दर्ता भएका अफगानी शरणार्थीहरू इरानमा बस्छन् भने त्यति नै सङ्ख्यामा पाकिस्तानमा बसोबास गर्दछन् ।

अफगानिस्तान युद्ध र तालिवानले सत्ता सम्हालेपछि पनि सुरक्षाको समस्या देखाउँदै ठूलो सङ्ख्यामा अफगानी नागरिक विदेश पलायन भएका थिए ।

अफगानिस्तानको कामचलाउ (तालिवान) सरकारले विदेशमा रहेका अफगानी शरणार्थीहरूलाई स्वदेश फर्कन र आफ्नो देशको पुनर्निर्माण प्रक्रियामा योगदान गर्न आह्वान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक

प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको संसदीय एक अनुसन्धानले चेतावनी

अत्यधिक क्षमताको समस्यालाई सम्बोधन गर्न येलेनले चीनसँग आग्रह गर्ने

अमेरिकी वित्तमन्त्री जेनेट येलेनले विद्युतीय सवारी जस्ता उद्योगमा चीनबाट सस्तो निर्यातमा भएको वृद्धिले