मणिपुर हिंसामा प्रहरीसहित पाँच जनाको मृत्यु



 

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भएको पछिल्लो हिंसामा एक प्रहरीसहित कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सेरो र सुग्नु क्षेत्रमा आगजनीका घटना भएका थिए । आइतबार राज्यका धेरै भागमा भएका हिंसात्मक घटनामा पाँच जनाले ज्यान गुमाएका हुन् । परिस्थितिलाई नियन्त्रण बाहिर जान नदिन निषेधाज्ञा जारी गरिए पनि सोही अवधिमा हिंसा र आगजनीका घटना भएका हुन् ।

गैरआदिवासी मेइती समुदायलाई अनुसूचित जनजाति (एसटी) मा समावेश गरेकोमा आदिवासी विरोध प्रदर्शनको क्रममा यो महिनाको प्रारम्भमा राज्यका विभिन्न भागमा हिंसात्मक दङ्गा भएका थिए । स्थितिको मूल्याङ्कन गर्न सङ्घीय गृहमन्त्री अमित शाहको आजदेखि हुने चारदिने भ्रमणको पूर्वसन्ध्यामा दङ्गा भड्केको हो ।

नयाँदिल्लीस्थित समाचारप्रधान टेलिभिजन च्यानल एनडीटीभीका अनुसार जातीय झडपमा हालसम्म कम्तीमा ८० जनाको ज्यान गएको छ भने झन्डै तीन सय जना घाइते भएका छन् । एक हजार सात सय घर खरानी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बसमा बन्दुकधारीको आक्रमणबाट घानामा ९ जनाको मृत्यु

घानाको माथिल्लो पूर्वी क्षेत्रमा बसमा सवार अज्ञात बन्दुकधारीको समूहले गोली चलाउँदा कम्तीमा नौ

भारतीय खेलाडीलाई अनुमति नदिएपछि खेलमन्त्रीको चीन भ्रमण रद्द

एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन जना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति

बङ्गलादेशी विश्वविद्यालयको सुधारका लागि १० करोड अमेरिकी डलर स्वीकृत

एसियाली विकास बैंक (एडिबी) ले बङ्गलादेशका तीन विश्वविद्यालयमा कम्प्युटर विज्ञान, सफ्टवेयर इञ्जिनीयरिङ र

प्यालेस्टिनीको पूर्ण अधिकार बिना मध्यपूर्वमा शान्ति हुँदैनः अब्बास

प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले प्यालेस्टिनीहरूले आफ्नो वैध अधिकार पूर्ण रूपमा उपभोग गर्न नसक्दासम्म