राष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा एर्दोगानलाई बाइडेनको बधाइ



अमेरिकी राष्ट्रपति जो बाइडेनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाइ दिएका छन् । बाइडेनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सहयोगीका रूपमा सँगै काम जारी राख्ने आशा समेत व्यक्त गरेका छन् ।

बाइडेनले ट्वीटमा लेखेका छन् , ‘टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई उहाँ पुनः निर्वाचित भएकोमा बधाइ । म द्विपक्षीय मुद्दाहरू र साझा विश्वव्यापी चुनौतीहरूमा नेटो सहयोगीहरूको रूपमा सँगै काम गर्न चाहान्छु ।’

आइतबार टर्कीको राष्ट्रपति चुनावमा एर्दोगान विजयी घोषणा भएपछि बाइडेनको उक्त टिप्पणी आएको हो। यसैगरी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाइ दिएका छन् ।

ब्लिन्केनले ट्वीट गर्दे लेखेका छन्, ‘राष्ट्रपति एर्दोगानलाई पुनः निर्वाचित भएकामा यसले त्यहाँको लामो लोकतान्त्रिक परम्परालाई झल्काउँछ। टर्किए एक मूल्यवान नेटो सहयोगी र साझेदार हो। म सरकारसँग हाम्रो निरन्तर सहकार्यका लागि तत्पर छु।’

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीको राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै आफ्नो शासनलाई तेस्रो दशकसम्म लम्ब्याएको सीएनएनले जनाएको छ । एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् ।

एर्दोगानले २७,५१३,५८७ भोट वा खसेको मतको ५२.१४ प्रतिशत प्राप्त गर्नु भएको सीएनएनले देशको सर्वोच्च निर्वाचन परिषद्ले जारी गरेको तथ्याङ्कलाई उद्धृत गर्दै उल्लेख गरेको छ। यसैबीच विपक्षी नेता केमाल किलिचदारोग्लुले २५,२६०,१०९ मत वा ४७.८६ प्रतिशत प्राप्त गरेका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएपछि समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्न राष्ट्रपति भवन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

  चीनले  चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ ।

विस्थापितहरूको शिविरमा विस्फोट हुँदा पूर्वी कङ्गोमा नौजनाको मृत्यु

  युद्धग्रस्त पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा गोमाको बाहिरी क्षेत्रमा विस्थापितहरूको शिविरमा शुक्रबार भएको

केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई सय नाघ्यो

तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई

डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने

डेनमार्कले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्ने योजना बनाएको स्वास्थ्य