प्रधानमन्त्री मोदीद्वारा नयाँ संसद भवनको उद्घाटन



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको राजधानीको मुटुमा रहेको झण्डै १०० वर्ष पुरानो औपनिवेशिक कालको भवनको छेउमा निर्माण गरिएको नयाँ संसद भवनको उद्घान गरेका छन् ।

“यो भवन आधुनिक सुविधाले सुसज्जित र अत्याधुनिक उपकरणले सुसज्जित छ । यसले साठी हजारभन्दा बढी कामदारलाई रोजगारी दिएको छ । हामीले उनीहरूको कठोर परिश्रमको सम्मान गर्दै ‘डिजिटल ग्यालरी’ बनाएका छौँ,” प्रधानमन्त्री मोदीले भने ।

करिब साढे दुई वर्ष लगाएर निर्माण भएको नयाँ भवन अघिल्लो भवनभन्दा धेरै फराकिलो छ भने सांसदहरुको सिट क्षमता पनि बढाइएको छ । नयाँ संसद् भवन औपनिवेशिक मानसिकताको अन्त्यको प्रतीक भएको प्रधानमन्त्री मोदीले बताए ।

“नयाँ संसद भवन मात्र होइन यो भारतका एक अर्ब ४० करोड जनताको आकाङ्क्षाको प्रतीक हो । यसले विश्वलाई भारतको दृढ सङ्कल्पको सन्देश दिन्छ । ‘अमृत काल’ ले राष्ट्रलाई नयाँ दिशा दिनेछ । नयाँ संसद् भवन नयाँ भारतको दृष्टिकोण र सङ्कल्पको ज्वलन्त उदाहरण बन्नेछ,” आफ्नो कार्यकाललाई अमृत कालको संज्ञा दिँदै प्रधानमन्त्री मोदीले भने– केही वर्षको विदेशी शासनले हामीबाट हाम्रो गौरव खोस्यो। तर आज भारतले त्यो औपनिवेशिक मानसिकतालाई पछाडि छोडेको छ । भारत लोकतन्त्रको जननी हो । यो विश्वव्यापी लोकतन्त्रको जग पनि हो । लोकतन्त्र हाम्रो संस्कार, आदर्श र परम्परा हो ।’

प्रधानमन्त्रीले पञ्चायत भवनदेखि संसद् भवनसम्मको प्रेरणा एउटै भएको उल्लेख गर्दैै नयाँ संसद्मा बस्दा जनताका लागि चार करोड घर र ११ करोड शौचालय निर्माण, ४ लाख किलोमिटर ग्रामीण सडक निर्माण, ५० हजार अमृत सरोवर निर्माण र ३० हजार नयाँ पञ्चायत भवन निर्माण गरेकोमा मलाई निकै सन्तुष्टि मिलेको बताए ।

पञ्चायत भवनदेखि संसद् भवन भारतको प्रेरणा तथा देश र जनताको विकास भएको चर्चा गर्दै प्रधानमन्त्री मोदीले नयाँ संसद् भवन आत्मनिर्भर भारतको प्रमाण बन्ने बताए । उनले भारतको विकाससँगै विश्वको पनि विकास हुने बताउँदै नयाँ संसद् भवनले विश्वको प्रगतिमा योगदान गर्ने तर्क गरे ।

यसैबीच, सत्तारुढ भारतीय जनता पार्टीको विपक्षमा रहेका १९ राजनीतिक दलले प्रधानमन्त्री मोदीको सट्टा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ संसद् भवनको उद्घाटन गर्नुपर्ने भन्दै समारोह बहिष्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ