रुसको सीमा क्षेत्रमा ड्रोन आक्रमण



युक्रेसँग सिमाना जोडिएको रुसको बेल्गोरोड क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई खसालेको छ । गभर्नर व्याचेस्लाभ ग्लाडकोभले टेलिग्राम पोस्टमा त्यस क्षेत्रमा कुनै ठूलो दुर्घटना भने नभएको उल्लेख गरेका छन् ।

उनले बेल्गोरोड क्षेत्रको ग्रेभोरोन जिल्ला र बोरिसोभ जिल्लामा ड्रोन आक्रमण भएको र थुप्रै निजी आवासीय भवनहरूलाई क्षति पुर्याएको बताए । युक्रेनको खार्कोभ क्षेत्रको छेउमा अवस्थित बेल्गोरोड क्षेत्र हालै युद्धको केन्द्र बनेको छ ।

एक युक्रेनी सशस्त्र बल “सबोटेज र टोही समूह“ सोमबार बेलगोरोड क्षेत्रमा प्रवेश गरेको रूसी पक्षले जनाएको छ। तर कीभले यस क्षेत्रमा अपरेशनको पछाडि दुई रूसी अर्धसैनिक समूहको हात रहेको बताएको छ । बेल्गोरोड क्षेत्र सोमबारदेखि आतङ्कवाद विरोधी अभियानको अधीनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोकियोको हानेदा विमानस्थलमा दुईवटा विमान एकआपसमा ठोक्किएर दुर्घटना

– टोकियोको हानेदा विमनस्थलमा शनिबार दुईवटा विमान ट्याक्सी वे नजिकै ठोक्किएका छन् ।

विमान दुर्घटनामा परी कोलम्बियाको जङ्गलमा हराएका बालबालिकाको ४० दिनपछि उद्धार

विमान दुर्घटना परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका

हिंसाले बदनाम श्रीनगर सुनाम कमाउने प्रयासमा

कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको

बेलायती पूर्वप्रधानमन्त्री जोनसनद्वारा सांसद पदबाट राजीनामा

बेलायती पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा दिएपछि