चिनियाँ प्रधानमन्त्रीको चीन–रुस व्यापार मञ्चलाई बधाई सन्देश



चिनियाँ प्रधानमन्त्री ली छ्याङले मङ्गलबार चीन–रुस व्यापार मञ्चलाई बधाई सन्देश पठाएका छन् । दुई राष्ट्र प्रमुखले गरेको सहमतिलाई कार्यान्वयन गर्न यो मञ्च महत्त्वपूर्ण भएको उल्लेख गर्दै प्रधानमन्त्री लीले चीनले रुसलगायत अन्य देशहरूसँग पारस्परिक रूपमा लाभदायक सहयोगलाई सुदृढ गर्न, खुला विश्व अर्थतन्त्रको निर्माण गर्न, उच्च गुणस्तरको बेल्ट एण्ड रोडको प्रवद्र्धन गर्न इच्छुक रहेको बताए ।

चीन रुससँग आर्थिक र व्यापारिक गतिविधि आदानप्रदान र विस्तार गर्न एवं परिमाण र गुणस्तर दुवैमा सहयोग प्रवद्र्धन गर्न इच्छुक रहेको लीले उल्लेख गरेका छन् ।

यो मञ्चले दुई देशका व्यापारिक वर्गलाई आफ्ना गतिविधि आदानप्रदान र सहयोगलाई सुदृढ गर्न राम्रो मञ्च प्रदान गरेको उनले बताएका छन् । दुई देशका उद्यमीहरूले आफ्ना आवश्यकताअनुसार सहयोगको सम्भावनाको उपयोग गर्नेछन् र दुई देशबीचको व्यावहारिक सहयोगमा नयाँ सामग्री थप्दै जीवन्तता थप्नेछन्, सन्देशमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको

टोकियोको हानेदा विमानस्थलमा दुईवटा विमान एकआपसमा ठोक्किएर दुर्घटना

– टोकियोको हानेदा विमनस्थलमा शनिबार दुईवटा विमान ट्याक्सी वे नजिकै ठोक्किएका छन् ।

विमान दुर्घटनामा परी कोलम्बियाको जङ्गलमा हराएका बालबालिकाको ४० दिनपछि उद्धार

विमान दुर्घटना परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका

हिंसाले बदनाम श्रीनगर सुनाम कमाउने प्रयासमा

कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको