युक्रेनले आफूले किएभमाथि गरिएका व्यापक गोलाबारीमाझ कैयौँ रुसी हाइपरसोनिक क्षेप्यास्त्रहरूलाई खसालिदिएको जनाएको छ । किएभले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले किन्जाल हाइपरसोनिक क्षेप्यास्त्रहरूलाई विफल तुल्याएको जनाएको छ ।
रुसले सबै हवाई सुरक्षा प्रणालीलाई उक्त क्षेप्यास्त्रले पार गर्न सक्ने दाबी गर्दै आएको थियो अधिकारीहरूका अनुसार छोटो समयभित्रै प्रहार गरिएका १८ प्रकारका क्षेप्यास्त्रहरूमा किन्जाल पनि थियो ।
रुसले त्यसलाई खसालिएको भन्ने दाबी अस्वीकार गर्दै एउटाले अमेरिकाले आपूर्ति गरेको पेट्रिअट हवाई प्रतिरक्षा प्रणालीलाई नष्ट गरिदिएको जनाएको छ । युक्रेनले प्रतिक्रिया जनाउन अस्वीकार गरेको थियो।
रुसले हालैका हप्ताहरूमा हवाई आक्रमणहरूमा वृद्धि गरेको छ । अपेक्षा गरिएको युक्रेनी प्रत्याक्रमणअघि यो महिनामात्रै उसले आठ पटक युक्रेनी राजधानीमा बमबारी गरेको छ ।
मङ्गलबार साँझ रुसका रक्षा मन्त्री सेर्गेइ सोइगुले किएभले दाबी गरेको सङ्ख्यामा मस्कोले किन्जाल क्षेप्यास्त्रहरू प्रहार नगरेको बताए । तर किएभको दाबी सत्य पुष्टि भएको खण्डमा आफ्नो क्षेप्यास्त्र प्रणालीको सबैभन्दा भरपर्दो अस्त्र नष्ट गर्नसक्ने युक्रेनको क्षमताले मस्कोलाई निराश तुल्याउनेछ।

प्रतिक्रिया