संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय युएनओसीएचएले सुडानबाट एक लाख इथियोपियाली र ३० हजार तेस्रो मुलुकका नागरिक गरी करिब डेढ लाख व्यक्ति इथियोपिया प्रवेश गर्ने अनुमान गरिएको जनाएको छ ।
सुडानबाट इथियोपिया प्रवेश गर्नेको सङ्ख्या सुडानमा जारी अवस्थाका कारण अहिलेसम्म १८ हजार ५ सय नाघेको युएनओसीएचएले सुडानबाट छिमेकी इथियोपियामा मानिसहरूको आगमनको पछिल्लो स्थिति अद्यावधिक गर्दै जानकारी गराएको छ । राष्ट्रसङ्घीय निकायले फिर्ता हुने सबैको व्यवस्थापनका लागि समन्वय भइरहेको जनाएको छ ।
इथियोपियाले सुडानको अवस्था अप्रिलको मध्यमा सुरु भएदेखि नै सुडानबाट आउने मानिसहरूलाई स्वागत गरिरहेको युएनओसीएचएले उल्लेख गरेको छ । तत्कालको सङ्ख्या करिब २० हजारको हाराहारीमा रहेको बताउँदै अधिकारीहरूले कम्तीमा डेढलाख मानिस द्वन्द्व प्रभावित सुडानबाट इथियोपिया फर्किनसक्ने जनाएका छन् ।

प्रतिक्रिया