सन् २०२२ मा अमेरिकामा मृत्युको चौथो प्रमुख कारण कोभिड–१९ः सीडीसी


संयुक्त राज्य अमेरिकामा सन् २०२२ मा मृत्युको चौथो प्रमुख कारण कोभिड–१९ रहेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले जनाएको छ । मुटुरोग, क्यान्सर र अनजानमा हुने चोटपटकका कारण हुने मृत्युपछि चौथो प्रमुख कारण कोभिड–१९ रहेको सिडिसीले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा सन् २०२२ का लागि अस्थायी अमेरिकी मृत्युदरको तथ्याङ्कको सिंहावलोकन गरिएको छ, जसमा सन् २०२१ को मृत्युदरसँग तुलना गरिएको छ । सन् २०२२ मा अमेरिकामा ३० लाखभन्दा बढीको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

तीमध्ये दुई लाख ४४ हजार ९८६ जनाको मृत्युमा कोभिड–१९ को मुख्य कारण देखिएको थियो, जुन प्रत्येक १३ मृत्युमध्ये एक जनाको मृत्यु हो ।