संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शनिबार अन्तर्राष्ट्रिय समुदायलाई गहिरो, छिटो उत्सर्जन कटौतीको साथ जलवायु कार्यलाई तीव्रता दिन आह्वान गरेका छन् ।
‘विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न हामीलाई गहिरो, छिटो उत्सर्जन कटौतीको साथ द्रुत जलवायु कार्य आवश्यक छ,’ महासचिवले अन्तर्राष्ट्रिय मातृ पृथ्वी दिवसका सन्दर्भमा आयोजित सन्देशमा उल्लेख गरेका छन् ।
‘हाम्रा कार्यहरूले जङ्गल, खेतबारी, सिमसार क्षेत्र, महासागर, चट्टान, नदी, समुद्र र तालहरू बर्बाद गर्दैछन्’ संयुक्त राष्ट्रसंघ प्रमुखले सबै देशहरूलाई मानवताको सबैभन्दा महत्त्वपूर्ण सम्बन्धमा चिन्तन गर्न आग्रह गर्दै हाम्रो प्राकृतिक संसार र भौतिक संसारका बीच तालमेल हुनुपर्ने कुरामा जोड दिएका छन् ।
उनले जैविक विविधताको संरक्षणमा जोड दिदै हावा, पानी, माटो लगायत सबै प्राकृतिक वस्तुहरूको संरक्षणमा ध्यान दिन विशेष आग्रह गरेका छन् । महासचिवले अन्तराष्ट्रिय समुदायसँग उपकरण, ज्ञान र समाधानहरू भएको तर त्यसको व्यावहारिक प्रयोगमा तीव्रता दिनुपर्ने बताएका छन् । महासागर र नदीदेखि जङ्गल र चरासम्म स्वस्थ पर्यावरण पनि जलवायु परिवर्तन विरुद्धको लडाइमा महत्वपूर्ण रहेको गुटेरेसले उल्लेख गरेका छन् ।

प्रतिक्रिया