विद्रोहीको आक्रमणमा जम्मु काश्मिरमा पाँच भारतीय सैनिकको मृत्यु


भारतको जम्मु कश्मिरमा सेना र विद्रोही समूहबीच भएको भिडन्तमा पाँच सैनिक जवानको मृत्यु भएको छ । जम्मु कश्मीरको पुँछ इलाकामा भारतीय सेनाको गाडीलाई लक्षित गरेर प्रहार गरिएको ग्रिनेड आक्रमणमा परी पाँच भारतीय सैनिकको मृत्यु भएको हो ।

सैनिक चढेको गाडीमा आतंककारीहरुले हाते ग्रिनेडले आक्रमण गरेका सेनाले जनाएको छ । त्यसपछि गाडीमा आगजनी भएको थियो । भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले सो आक्रमणमा चरमपन्थी समूहको हात रहेको जनाएको छ