रमजानको अवसरमा यमनको राजधानी सानास्थित एउटा विद्यालयमा रकम वितरण कार्यक्रममा भागदौड मच्चिदा ७८ जनाको मृत्यु भएको छ । रमजानको अवसरमा वितरण गर्न लागिएको रकम लिनका लागि विद्यालयमा सयौं मानिसहरु जम्मा भएका थिए ।
प्रतिव्यक्ति करिब ९ डलर दिने भनेपछि विद्यालयमा मानिसहरुको भिड लागेको थियो । सहयोग रकम वितरण गर्ने क्रममा भागदौड मच्चिएको थियो । भागदौडमा परी कम्तिमा ७८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रकम वितरण गर्दा सुरक्षाको ख्याल नगरिएको भन्दै प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया