अमेरिकाको बैंकमा गोली चल्दा पाँच जनाको मृत्यु


अमेरिकाको केन्टकी सहरमा भएको गोलीकाण्डमा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । लुईसिवका प्रहरी प्रवक्ताका अनुसार बैंकमा गोली चलेको हो । साथै, गोलीकाण्डमा संलग्न रहेका संदिग्धलाई पनि गोली हानि मारिएको छ । पछिल्लो समयमा अमेरिकाका सहरहरुमा धेरै गोलीकाण्डका घटना हुन थालेका छन् ।

केही दिन पहिले पनि विद्यालयमा एक महिला संदिग्धले गोली हानेर आधा दर्जनको हत्या गरेकी थिइन । सुरक्षा अधिकारीका अनुसार सो घटनामा बालिबालिकासहित ६ जनाको मृत्यु भएको थियो ।