चीनका शीर्ष विधायक र स्पेनका प्रधानमन्त्री बीच भेटवार्ता



चीनका शीर्ष विधायक झाओ लेजीले बेइजिङमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेका छन् । सो अवसरमा नेशनल पिपुल्स काङ्ग्रेस (एनपीसी) स्थायी समितिका अध्यक्ष झाओले चीन–स्पेन सहयोगको बलियो आधार रहेको भन्दै त्यसलाई अझ व्यापक बनाउन आवश्यक रहेको बताए ।

यस वर्ष चीन–स्पेन कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका साथै चीन–इयु व्यापक रणनीतिक साझेदारीको स्थापनाको २०औँ वार्षिकोत्सव मनाइँदै छ । भेटमा झाओले आपसी विश्वास र मित्रतालाई अझ प्रगाढ बनाउने प्रयास गर्नुपर्ने बताए । त्यसैगरी व्यावहारिक सहयोगका लागि प्रतिबद्ध रहन र संयुक्त रूपमा चीन–ईयु सम्बन्धको स्थिर विकासलाई कायम राख्नुपर्ने झाओको धारणा रहेको छ ।

झाओले चीनको एनपीसीले स्पेनसँग थुप्रै क्षेत्रमा मैत्रीपूर्ण आदानप्रदानलाई बलियो बनाउन एवं कानुन सुपरिवेक्षणमा विभिन्न विषयलाई आदानप्रदान गर्दै थप सुदृढ गर्न र बहुपक्षीय मञ्चहरूमा नजिकबाट समन्वय र सहयोग गर्न इच्छुक रहेको पनि बताए ।

त्यसैगरी प्रधानमन्त्री सान्चेजले स्पेनले चीनसँगको सम्बन्ध विकासलाई ठूलो महत्त्व दिएको र एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालना गर्ने बताए ।

स्पेन–चीन र ईयु–चीन सम्बन्धको विकासलाई प्रवर्द्धन गर्न स्पेनी पक्ष चीनसँग व्यापार, लगानी, संस्कृति र अन्य क्षेत्रमा आदानप्रदान र सहयोगलाई थप विस्तार गर्न तयार रहेको पनि सान्चेजले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको

टोकियोको हानेदा विमानस्थलमा दुईवटा विमान एकआपसमा ठोक्किएर दुर्घटना

– टोकियोको हानेदा विमनस्थलमा शनिबार दुईवटा विमान ट्याक्सी वे नजिकै ठोक्किएका छन् ।

विमान दुर्घटनामा परी कोलम्बियाको जङ्गलमा हराएका बालबालिकाको ४० दिनपछि उद्धार

विमान दुर्घटना परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका

हिंसाले बदनाम श्रीनगर सुनाम कमाउने प्रयासमा

कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको