सेनाको कारबाहीमा सोमालियामाअल शबाबका तीन हजार लडाकूको मृत्यु



बितेका ६ महिनामा सोमाली राष्ट्रिय सेनाले अल–शबाबविरुद्ध देशका विभिन्न भागमा गरेको कारबाहीमा तीन हजारभन्दा बढी लडाकु मारिएका छन् भने तीन हजार सात सय जना घाइते भएका छन् ।

सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले अल–शबाबको अधीनमा रहेका करिब ७० गाउँ र शहरलाई स्थानीय जनताको सहयोगमा देशको राष्ट्रिय सेनाले मुक्त गरेको बताएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय सेनाले अन्तर्राष्ट्रिय मानवीय कानुन, मानवअधिकार कानुन, इस्लामिक कानुन र सोमाली परम्परागत युद्ध नियमको पूर्ण पालना गर्दै चरमपन्थीमाथि कारबाही गरेको जनाइएको छ ।

रमजानको पवित्र महिनामा सोमाली जनता चरमपन्थीबाट सुरक्षित रहुन् भन्ने उद्देश्यका साथ कारबाहीलाई अझ व्यापक बनाइएको बताइएको छ । आतङ्वादीविरुद्ध अब दोस्रो चरणको आक्रमणको तयारी सेनाले गरिरहेको मन्त्रालयले बताएको छ ।

गत वर्ष राष्ट्रपति हसन शेख मोहम्मदले विद्रोहीविरुद्ध सर्वत्र युद्धको घोषणा गरेपछि सरकारी सेनाले अल–शबाब विरुद्धको आक्रमणलाई तीव्र बनाएको थियो ।

चरमपन्थी समूह अल–शबाबले सोमालियाका दक्षिण र मध्य भागमा अवस्थित ग्रामीण भेगमाा आफ्नो नियन्त्रण कायम राखेको छ । गत साता राष्ट्रिय सेनाका कमाण्डर मोहम्मद तहलिल बिहीले आतङ्कवादी समूह अल–शबाबले सैनिक आधार क्षेत्रमा आक्रमणको प्रयास गरेपछि भएको दोहोरो भिडन्तमा ३० जना मारिएका बताएका थिए ।

सरकार समर्थक समूहले सैनिकलाई सघाएको थियो । अल–शबाबले भिडन्तको क्रममा २० जना सैनिक मारिएका, अन्य १० जनालाई घाइते बनाएको र दुईवटा गाडी जलाएको दाबी गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले भन्यो-समुद्र र महासागर जापानको निजी ढल होइन

  चीनले समुद्र र महासागर जापानका निजी ढल नभई मानवजातिको साझा  सम्पत्ति हुन्

भारत र मलेसियाबीचको सम्बन्ध जनस्तरमा पनि सुदृढ हुँदै

सरकारीस्तरमा भारत र मलेसियाबीचको कूटनीतिक सुमधुर कूटनीतिक सम्बन्ध जनस्तरमा पनि सुदृढ भएको छ

मिनिबस दुर्घटना हुँदा अफगानिस्तानमा २४ जनाको मृत्यु

  अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको

कुवेतको संसदमा विपक्षी दलको बहुमत, एक मात्र महिला निर्वाचित

कुवेतको संसदीय निर्वाचनमा विपक्षी दलले बहुमत प्राप्त गर्न सफल भएको छ । एक