बेलारुसमा आणविक हतियार राख्ने पुटिनको घोषणा



रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक बेलारुसमा आणविक हतियार राख्ने सम्झौता गरेको बताएका छन् ।

युक्रेन युद्धलाई लिएर पश्चिमा मुलुकसँगको तनावपूर्ण सम्बन्ध र रुसी विश्लेषकले सम्भावित आणविक हमलाको सन्दर्भ निकालिरहेका बेला पुटिनले यस्तो घोषणा गरेका हुन् ।

संयुक्त राज्य अमेरिकाले दशकौँदेखि आफ्नो युरोपेली सहयोगी मुलुकमा आणविक हतियार राखेको भन्दै पुटिनले बेलारुससँगको सम्झौताले आणविक सम्झौताको उल्लंघन समेत नगर्ने बताएका छन् ।

राज्यद्वारा सञ्चालित टेलिभिजनसँग कुरा गर्दै पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले नेटो सदस्य पोल्यान्डसँग सीमा जोडिएको आफ्नो देशमा आणविक हतियार राख्ने मु्द्दा लामो समयदेखि उठाउँदै आएको बताए ।

रुसले मिन्स्क (बेलारुसको राजधानी)लाई वास्तवममै हतियार हस्तान्तरण नगरेको स्पष्ट पारेको छ । आउँदो जुलाई १ सम्म बेलारुसमा आणविक हतियार राख्नका लागि आवश्यक सुविधाको निर्माण गरिसक्ने रुसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले भन्यो-समुद्र र महासागर जापानको निजी ढल होइन

  चीनले समुद्र र महासागर जापानका निजी ढल नभई मानवजातिको साझा  सम्पत्ति हुन्

भारत र मलेसियाबीचको सम्बन्ध जनस्तरमा पनि सुदृढ हुँदै

सरकारीस्तरमा भारत र मलेसियाबीचको कूटनीतिक सुमधुर कूटनीतिक सम्बन्ध जनस्तरमा पनि सुदृढ भएको छ

मिनिबस दुर्घटना हुँदा अफगानिस्तानमा २४ जनाको मृत्यु

  अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको

कुवेतको संसदमा विपक्षी दलको बहुमत, एक मात्र महिला निर्वाचित

कुवेतको संसदीय निर्वाचनमा विपक्षी दलले बहुमत प्राप्त गर्न सफल भएको छ । एक