नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० बन्दुकधारीको मृत्यु



नाइजेरियाली सेनाले पछिल्लो दुई सातामा गरेको कारबाहीमा ४० जना बन्दुकधारी मारिएको एक सैनिक प्रवक्ताले बताएका छन् ।

“देशको उत्तरपूर्वी भागमा बोको हराम र इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तसमूहका कम्तीमा १८ सदस्य मारिएका छन् भने ५० भन्दा बढी लडाकू पक्राउ परेका छन्,” प्रवक्ता मुसा दानमदामीले भने ।

उत्तर–मध्य क्षेत्रमा आठ जना डाकु मारिएको र अपहरणमा परेका पाँच जनालाई सेनाले मुक्त गरेको र करिब २८ जना डाँकुलाई पक्राउ गरिएको दानमादामीले पुष्टि गरे ।

देशको उत्तरपश्चिमी भागमा सरकारी सेनाले अपराधीहरूको घेरा सफा गर्ने क्रममा कम्तीमा १४ जना डाँकुहरूको हत्या गरेको र १६ जना अपहृत नागरिकहरूको उद्धार गरेको उनले बताए ।

सेनाको अभियानलाई ‘प्रशंसनीय र सफल’ भन्दै दानमादामीले १५४ वयस्क पुरुष, ५१४ वयस्क महिला र ८३८ बालबालिका गरी कुल एक हजार ५०६ आतङ्ककारी र उनीहरूका परिवारका सदस्यहरूले विभिन्न स्थानमा सरकारी सेनासमक्ष आत्मसमर्पण गरेको बताए ।

नाइजेरियाको उत्तरी र मध्य क्षेत्रमा सशस्त्र आक्रमणहरू मुख्य सुरक्षा खतराको रूपमा रहेका छन्, जसका कारण हालैका महिनाहरूमा मृत्यु र अपहरणका घटनाहरू बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको

टोकियोको हानेदा विमानस्थलमा दुईवटा विमान एकआपसमा ठोक्किएर दुर्घटना

– टोकियोको हानेदा विमनस्थलमा शनिबार दुईवटा विमान ट्याक्सी वे नजिकै ठोक्किएका छन् ।

विमान दुर्घटनामा परी कोलम्बियाको जङ्गलमा हराएका बालबालिकाको ४० दिनपछि उद्धार

विमान दुर्घटना परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका

हिंसाले बदनाम श्रीनगर सुनाम कमाउने प्रयासमा

कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको