लेबनानलाई वित्तीय सुधारलाई तीव्रता दिन आईएमएफको आग्रह



अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले वित्तीय सुधारको कार्यान्वयनलाई तीव्रता दिन लेबनानलाई निर्देशन दिएको छ ।

लेबनानका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) प्रतिनिधिमण्डलका प्रमुख अर्नेस्टो रामिरेज रिगोले बिहीबार लेबनानी अधिकारीहरूलाई उद्धार कार्यक्रम सञ्चालनमा ल्याउन वित्तीय सुधारको कार्यान्वयनलाई तीव्रता दिन आग्रह गरेका हुन् ।

परिस्थितिको जटिलताको स्थितिलाईलाई ध्यानमा राख्दै रिगोले दिएको निर्देशनबारे एलनाशरा वेबसाइटले रिपोर्ट गरेको छ, “लेबनान आर्थिक रूपले खतरनाक अवस्थामा छ । लेबनानमा सुधारको प्रगति सुस्त छ । त्यसैले आर्थिक सुधारको अनुभूति हुनु जरूरी छ ।

रिगोले भने, “लेबनानमा वित्तीय सुधारसँग सम्बन्धित कानूनहरू अनुमोदन र कार्यान्वयन गर्ने सम्बन्धमा हामीले थप अपेक्षा गरिरहेका थियौं। “पूँजी नियन्त्रण कानूनको अन्तिम मस्यौदाले लक्ष्यहरू पूरा गर्दैन र संशोधनको आवश्यकता छ ।”

“पूँजी नियन्त्रण कानूनको अन्तिम मस्यौदाले लक्ष्यहरू पूरा गर्दैन र संशोधनको आवश्यकता छ । लेबनानको केन्द्रीय बैंकबाट ऋण लिन बन्द गर्न लेबनानी सरकारलाई आग्रह गर्दै उनले लेबनानको वित्तीय सङ्कटका कारण लेबनानी बैंकिङ प्रणालीमा तरलता र पूँजीको अभाव भएकाले सबैले घाटा बेहोर्नुपर्ने बताए ।

इतिहासकै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको लेबनानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट प्राप्त हुने सहायताका लागि आवश्यक सुधारहरू कार्यान्वयन गर्न असफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको

टोकियोको हानेदा विमानस्थलमा दुईवटा विमान एकआपसमा ठोक्किएर दुर्घटना

– टोकियोको हानेदा विमनस्थलमा शनिबार दुईवटा विमान ट्याक्सी वे नजिकै ठोक्किएका छन् ।

विमान दुर्घटनामा परी कोलम्बियाको जङ्गलमा हराएका बालबालिकाको ४० दिनपछि उद्धार

विमान दुर्घटना परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका

हिंसाले बदनाम श्रीनगर सुनाम कमाउने प्रयासमा

कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको