सोमालियामा सेनाको कारबाहीमा अल–शबाबका ३० लडाकुको मृत्यु



सोमाली राष्ट्रिय सेनाले दक्षिणी सोमालियामा दुई पक्षबीचको भीषण भीडन्तपछि अल–शबाबका ३० जना लडाकुको मृत्यु भएको जनाएको छ ।

भीडन्तमा अन्य थुप्रै घाइते भएका छन् । एसएनए इन्फन्ट्री कमाण्डर मोहम्मद तहलिल बिहीलेका अनुसार सरकार समर्थक मिलिसिया, माविस्लेले समर्थन गरेको सेनाले कारबाहीका क्रममा विद्रोहीहरूलाई लखेटेको थियो ।

आतङ्कवादीहरूले यस क्षेत्रमा संयुक्त सेनाको नियन्त्रणमा रहेका आधारहरूमा आक्रमण गर्ने प्रयास गरेको तर सेनाहरूले तुरुन्तै जवाफी कारबाही गरेको थियो ।

यता अल–शबाब चरमपन्थी समूहले भने भिडन्तको क्रममा २० सैनिक मारेको र अन्य १० जनालाई घाइते बनाएको र दुईवटा गाडी जलाएको दाबी गरेको छ ।

गत वर्ष राष्ट्रपति हसन शेख मोहम्मदले विद्रोहीविरुद्ध सर्वत्र युद्धको घोषणा गरेपछि सरकारी सेनाले अल–शबाबविरुद्धको आक्रमणलाई तीव्र बनाएको छ ।

राष्ट्रपतिले सोमालियामा अल–शबाब लडाकुहरूलाई उनीहरूको किल्लाबाट हटाउन सैन्य कारबाहीलाई तीव्र बनाइने वाचा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोकियोको हानेदा विमानस्थलमा दुईवटा विमान एकआपसमा ठोक्किएर दुर्घटना

– टोकियोको हानेदा विमनस्थलमा शनिबार दुईवटा विमान ट्याक्सी वे नजिकै ठोक्किएका छन् ।

विमान दुर्घटनामा परी कोलम्बियाको जङ्गलमा हराएका बालबालिकाको ४० दिनपछि उद्धार

विमान दुर्घटना परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका

हिंसाले बदनाम श्रीनगर सुनाम कमाउने प्रयासमा

कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको

बेलायती पूर्वप्रधानमन्त्री जोनसनद्वारा सांसद पदबाट राजीनामा

बेलायती पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा दिएपछि