अफगानिस्तानमा सुरक्षा कारबाहीमा एक सयभन्दा बढी आईएस लडाकुको मृत्यु



अफगानिस्तानको कार्यबाहक सरकारको सुरक्षा बलले विगत १२ महिनामा इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध एकसय जनाभन्दा बढी लडाकुहरूलाई मारेको जनाएको छ ।

सञ्चार माध्यमका अनुसार सुरक्षा बलहरूले काबुल, बाल्ख, हेरात र अफगानिस्तानका अन्य भागहरूमा आईएस लडाकुहरू लुकेका ठाउँहरूमा पछिल्लो समय ७० भन्दा बढी सैन्य कारवाही गरेका छन्।

सन् २०२१ अगष्टमा तालिबानले देश कब्जा गरेपछि सुरक्षा स्थितिमा उल्लेखनीय सुधार आएको भए पनि युद्धग्रस्त देशले धेरैजसो आत्मघाती बम आक्रमण र आतङ्कवादी हमलाहरूको भने सामना गरिराखेको छ । पछिल्ला आतङ्कवादी हमलाको जिम्मेवारी भने आइएसले लिएको छ ।

उत्तरी बाल्ख प्रान्तमा भएको उक्त हमलामा प्रान्तीय गभर्नरको मृत्यु भएको थियो भने पाँच जना पत्रकारसहित थुप्रै घाइते भएका थिए ।

तर विदेश मन्त्री मौलावी अमिर खान मुत्ताकीले अफगानिस्तानको कुनै पनि भागमा आइएसको अस्तित्व नभएको दाबी गर्दै आईएस समूहलाई खतराको रूपमा अस्वीकार गरेका छन् ।

यसअघि तालिबानद्वारा सञ्चालित कार्यवाहक प्रशासनका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले दाएस “गम्भीर खतरा होइन“ र सुरक्षा बलहरूले उग्रवादी समूहलाई नियन्त्रणमा लिन सक्ने बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ