जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा



जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमबार भारत आइपुगेका छन् ।

किशिदालाई केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले दिल्लीको विमानस्थलमा स्वागत गरेका थिए । भ्रमणका क्रममा किशिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नुका साथै जापानको इन्डो–प्यासिफिक रणनीति र उसको नयाँ प्रतिरक्षा प्रणालीका बारेमा पनि सम्बोधन गर्नेछन् ।

पन्ध्र वर्षअघि प्रधानमन्त्री शिन्जो आबेले आफ्नो दिल्ली भ्रमणका क्रममा इन्डो–प्यासिफिक सहकार्यका बारेमा पहिलो पटक बोलेका थिए ।

दुवै प्रधानमन्त्रीले दिल्लीस्थित बुद्ध जयन्ती पार्कमा सँगै पदयात्रा गरी गौतम बुद्धको पालाको गहिरो जरा भएको पूज्य वृक्ष बालबोधीको अवलोकन गर्ने बताइएको छ ।

भारत र जापानबीचको सम्बन्ध सन् २००० मा ‘विश्व साझेदारी’, सन् २००६ मा ’रणनीतिक तथा विश्व साझेदारी’ र सन् २०१४ मा ‘विशेष रणनीतिक तथा विश्व साझेदारी’ मा परिणत भएको थियो ।

दुवै देशले सन् २००६ देखि नियमित रूपमा वार्षिक शिखर सम्मेलन गर्दै आएका छन् । पछिल्लो वार्षिक शिखर सम्मेलन मार्च २०२२ मा नयाँ दिल्लीमा भएको थियो ।

किशिदाले आफ्नो ट्वीटर अकाउन्टमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्