मध्य अफ्रिकी गणतन्त्रमा नौ चिनियाँ नागरिकको हत्या



मध्य अफ्रिकी गणतन्त्रमा ‘सशस्त्र व्यक्तिहरू’ले आक्रमण गरी नौ जना चिनियाँ कामदारको हत्या गरेका छन् ।

आक्रमणको निन्दा गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

मध्य शहरका मेयर एबेल म्याचिपाटाले बाम्बारी नजिकै बिहान ५ बजे ‘सशस्त्र व्यक्तिहरू’ले विदेशी कामदारमाथि आक्रमण गरेको पुष्टि गरेका छन् ।

गाउँलेले आक्रमणका कारण ‘नौ जनाको मृत्यु भएको र र दुई जना घाइते भएका बताएका छन् । उनीहरु आफ्नो शहरबाट २५ किलोमिटर टाढा गोल्ड कोस्ट ग्रुपले सञ्चालन गरेको खानीमा चिनियाँ कामदार रहेका बताइएको छ ।

चीनको विदेश मन्त्रालयले मृतकको सङ्ख्या पुष्टि गरेको छ । सीले मध्य अफ्रिकी गणतन्त्रका अधिकारीहरूलाई हत्यामा संलग्नहरूलाई ‘कडा सजाय’ दिन आग्रह गरेको पनि मन्त्रालयले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति सीले घाइतेको उपचार गर्न, घटनाको समयमा नै व्यवस्थापन गर्न, दोषीलाई कानूनबमोजिम कडा सजाय दिन र चिनियाँ नागरिकको सुरक्षा सुनिश्चित गर्न हरसम्भव प्रयास गर्न आदेश दिनुभएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’