श्रीलङ्कालाई आईएमएफले २.९ अर्ब अमेरिकी डलर ऋण स्वीकृत गर्ने



आईएमएफले श्रीलङ्काका लागि २.९ अर्ब अमेरिकी डलरको कर्जा स्वीकृत गर्ने भएको श्रीलङ्काले जनाएको छ ।

श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सोमबार दुई अर्ब ९० करोड अमेरिकी डलरको राहत प्याकेज स्वीकृत गर्ने तयारी गरेको भन्दै देशको ‘डलर सङ्कट’ अन्त्य भएको बताए ।

श्रीलङ्कासँग अत्यावश्यक क्षेत्रको आयातका लागि पर्याप्त विदेशी सञ्चिति हुने भन्दै उनले आईएमएफको प्याकेजले लगानीकर्ताको भावनालाई बढावा दिने र थप विदेशी कोष र लगानीमा देशको पहुँच बढाउने बताए ।

“आईएमएफको प्याकेजमा श्रीलङ्का सरकारलाई बजेटसम्बन्धी सहयोग समावेश हुनेछ, जुन आईएमएफको कर्जाको नयाँ अंश हो,” उनले भने ।

सन् २०२२ मा दक्षिण एशियाली मुलुक श्रीलङ्का गम्भीर आर्थिक सङ्कटको चपेटामा परेपछि अन्तर्राष्ट्रिय ऋणदातासँग सम्बन्धित वार्ता सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम