आँधीका कारण मलावीमा ४ सय भन्दाबढीको मृत्यु



चक्रवात फ्रेडीबाट प्रभावित मलावीको दक्षिणी क्षेत्रमा थप शव फेला परेपछि मारिनेको सङ्ख्या कम्तीमा ४३८ पुगेको मलावीको विपद् व्यवस्थापन मामिला विभागले जनाएको छ ।

विभागले बिहीबार आँधीका कारण ३२६ जनाको मृत्यु भएको र तीन लाख ४५ हजार व्यक्ति तथा ७९ हजार घरपरिवार विस्थापित भएका जनाएको थियो ।

उनीहरूलाई राख्नका लागि ५०५ शिविरहरू स्थापना गरिएको छ । विभागका आयुक्त चाल्र्स कालेम्बाका अनुसार घाइते हुनेको सङ्ख्या ९१८ पुगेको छ भने अन्य २८२ जना हराइरहेका छन् ।

आयुक्तले भने, ‘विभाग, मानवीय साझेदारहरू र परिषदहरूले मलावी रेड क्रस सोसाइटी र समुदायहरूको समन्वयमा खोजी र उद्धार कार्यहरू जारी राख्दै प्रभावित र विस्थापित परिवारहरूलाई राहत सहायताको प्रावधानमा सहजीकरण जारी राखेका छन् ।’

मलावीका राष्ट्रपति लाजरस चाक्वेराले यस हप्ताको सुरुमा विपत्तिको अवस्था घोषणा गरेपछि विदेशी नियोगहरू, सरकारहरू, स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरू, कम्पनीहरू र सद्भावना व्यक्तिहरूले मलावीलाई सहयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा

जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमबार भारत आइपुगेका छन्

मध्य अफ्रिकी गणतन्त्रमा नौ चिनियाँ नागरिकको हत्या

मध्य अफ्रिकी गणतन्त्रमा ‘सशस्त्र व्यक्तिहरू’ले आक्रमण गरी नौ जना चिनियाँ कामदारको हत्या गरेका

सैनिक हेलिकोप्टर दुर्घटनामा कोलम्बियामा चार जनाको मत्यु

कोलम्बियामा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि चार जनाको ज्यान गएको

हिंसाका घटना बढेपछि अमेरिकाको मियामीमा संकटकाल घोषणा

अमेरिकाको फ्लोरिडा राज्यको एक सहरमा हिंसाका घटना बढेपछि कफ्र्यु आदेश जारी गरिएको छ