चीनको प्रभाव कम गर्न अस्ट्रेलियाले अमेरिकासँग २२० क्रूज क्षेप्यास्त्र किन्दै



अमेरिकी विदेश मन्त्रालयले अस्ट्रेलियालाई ८९ करोड ५० लाख अमेरिकी डलर बराबरको करिब २२० क्रूज क्षेप्यास्त्र बिक्री अनुमोदन गरेको छ ।

कांग्रेसबाट पारित हुनुपर्ने बिक्रीसम्बन्धी उक्त प्रस्ताव अन्तर्गत लामो दूरीसम्म मार हान्न सक्ने टमाहक क्षेप्यास्त्र र प्राविधिक सहयोग समेत समावेश गरिएको छ ।

क्रूज प्रकृतिका क्षेप्यास्त्रहरू हावामा उडानमा रहेका बेला तलमाथि जाने वा मार्ग परिवर्तन गर्न सक्ने क्षमताका हुन्छन् । यो गुणले गर्दा क्रूज क्षेप्यास्त्रहरूले तिनका निसानामा विभिन्न अनपेक्षित कोणबाट आक्रमण गर्न सक्छन् ।

जहाजबाट समेत प्रहार गर्न सकिने यी क्षेप्यास्त्रहरू इन्डो–प्यासिफिक क्षेत्रमा चीनको प्रभाव कम गर्न भनेर घोषणा गरिएको ओकस रक्षा सम्झौता अन्तर्गत अस्ट्रेलियाले अमेरिकाबाट प्राप्त गर्ने भर्जिनिया श्रेणीको पनडुब्बीले प्रयोग गर्नेछन् ।

अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले ती क्षेप्यास्त्रले महत्वपूर्ण क्षमता प्रदान गर्ने बताएका छन् । पहिलो ओकस सम्झौता अनुसार पठाउने भनिएको पनडुब्बीहरूभन्दा अघि क्षेप्यास्त्रहरू प्रारम्भिक रूपमा अस्ट्रेलियाको अस्ट्रेलियाली नौसेनाको होबार्ट श्रेणीको विनाशकहरूमा तैनाथ गर्न सकिन्छ ।

होबार्ट श्रेणीले भूमि सेना र तटीय क्षेत्रस्थित पूर्वाधारको सुरक्षाबाहेक जहाजहरूका लागि वायु रक्षा प्रणालीको रूपमा काम गर्छ। यसले क्षेप्यास्त्र र विमानहरू विरुद्ध आत्मरक्षा समेत गर्छ ।

सोमबार क्यालिफोर्नियाको सान डिएगोमा भएको ओकस सम्झौताले ब्रिटेन, अमेरिका र अस्ट्रेलियालाई यी देशहरूमा चिनियाँ सैन्य विस्तारको सामना गर्ने दीर्घकालीन रक्षा गठबन्धनमा बाँध्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका