अमेरिकालाई निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तको सम्मान गर्न चीनको आग्रह
अमेरिकाले राष्ट्रिय सुरक्षाको अवधारणाको नाममा विदेशी कम्पनीहरूलाई दबाउन राज्य शक्तिको दुरुपयोग गरिरहेको चीनले आरोप लगाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित प्रेस ब्रिफिङमा यस्तो टिप्पणी गरेका हुन् ।
ह्वाइट हाउसले सरकारी एजेन्सीहरूलाई सबै संघीय उपकरणहरूबाट टिकटक मेटाउन ३० दिनको समय दिएको बारेको प्रश्नमा उनको यस्तो टिप्पणी आएको हो ।
जसमा अमेरिका–चीन प्रतिस्पर्धाको बीचमा अमेरिकी राष्ट्रिय सुरक्षामा चिन्ताको कारण दर्शाउँदै उठाइका विषयमा चीनको पछिल्लो टिप्पणी सार्वजनिक भएको हो ।
युवामाझ अत्यन्त लोकप्रिय एपसँग डराउन खोज्नु विश्वको शीर्ष महाशक्ति राष्ट्रको नीति अलिक उपयुक्त नहुने उनको भनाई थियो ।
यसका नाममा राष्ट्रिय सुरक्षाको अवधारणालाई बढाउँदै विदेशी कम्पनीहरूलाई दबाउन राज्य शक्तिको दुरुपयोग गर्नु गलत भएको उनले बताए ।
अमेरिकी सरकारले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तको सम्मान गर्नुपर्ने भन्दै उनले विदेशी कम्पनीहरूको लागि खुला, निष्पक्ष र गैर–भेदभावरहित वातावरण बनाउन आग्रह गरे ।