श्रीलङ्कामा स्थानीय तहको निर्वाचन अनिश्चितकालका लागि स्थगन



श्रीलङ्काको निर्वाचन आयोगले गतवर्ष संसदबाट निर्वाचित राष्ट्रपतिले मतदानका लागि आर्थिक सहयोग गर्न अस्वीकार गरेपछि स्थानीय तहको निर्वाचन अनिश्चितकालका लागि स्थगन गरेको छ ।

मार्च ९ मा हुने घोषणा गरिएको स्थानीय चुनावलाई रनिल विक्रमासिङ्घेले जुलाईमा पदभार ग्रहण गरेयताको पहिलो चुनावी परीक्षा हुन मानिएको थियो ।

यसलाई धेरैले अन्तर्राष्ट्रिय मुद्रा कोषको कर्जा सम्झौता सुरक्षित गर्ने क्रममा उनले लागू गरेका अलोकप्रिय मितव्ययिताका उपायहरूबारे वास्तविक जनमत सङ्ग्रहको रूपमा हेरेका थिए ।

राष्ट्रपति विक्रमासिङ्घेको प्रशासनले निर्वाचनका लागि आवश्यक १० अर्ब भारु (दुई करोड ७० लाख अमेरिकी डलर) र लजिस्टिक सहयोग उपलब्ध गराउन अस्वीकार गरेकाले निर्धारित कार्यक्रमअनुसार मतदान हुन नसक्ने पाँच सदस्यीय निर्वाचन आयोगले जनाएको छ ।

विक्रमासिङ्घेले आर्थिक सङ्कटका बेला निर्वाचन गर्नु विनाशकारी हुन सक्ने संसद्लाई चेतावनी दिएको एक दिनपछि यो घोषणा गरिएको हो ।

उनले बिहीबार संसदमा गरेको सम्बोधनमा अर्थतन्त्रको विकास भएन भने देशको अस्थित्व नै नरहने भन्दै निर्वाचन सार्नुपर्ने धारण राखेका थिए ।

आक्रोशित प्रदर्शनकारीहरूले राष्ट्रपति भवनमा आक्रमण गरेपछि गोटाबाया राजापाक्षको स्थानमा आएका विक्रमासिङ्घेले आईएमएफको बेलआउट सुरक्षित गर्ने प्रयासमा कर वृद्धि र मूल्यवृद्धि गरी आर्थिक सङ्कटलाई सम्बोधन गर्ने प्रयास गरिरहेका छन् ।

श्रीलङ्काले एक वर्षभन्दा बढी समयदेखि अति मुद्रास्फीतिसँगै अत्यावश्यक वस्तुहरूको चरम अभाव देखेको छ र अप्रिलमा ४६ अर्ब अमेरिकी डलरको बाह्य ऋण तिर्न सकेको छैन ।

यसैबीच, राष्ट्रपतिको भनाईको विपक्षी सांसदहरूले आलोचना गर्दै राष्ट्रपतिले आर्थिक सङ्कटलाई लोकतन्त्रलाई ध्वस्त पार्ने बहानाका रूपमा प्रयोग गरेको आरोप लगाएका छन् ।

विक्रमासिङ्घेले राजापाक्षको स्थानमा राजापाक्षको एसएलपीपी पार्टीको समर्थनमा संसदीय मत प्राप्त गरेका छन् ।

उनीसँग लोकप्रिय जनादेश छैन । सन् २०१८ को स्थानीय चुनावमा उनको युनाइटेड नेसनल पार्टीले ३४० परिषद्मध्ये १० प्रतिशत मात्र जितेको थियो भने एसएलपीपीले २३१ मत पाएको थियो । आईएमएफले यसअघि दुई अर्ब ९० करोड अमेरिकी डलरको उद्धार श्रीलङ्काका द्विपक्षीय ऋणदातामा निर्भर रहेको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

याङ्गुन । उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२

इन्डोनेसियाको सपिङ मलमा आगलागी, सात जनाको मृत्यु भएको आशङ्का

जकार्ता । इन्डोनेसियाको जाकार्ता शहरको एक सपिङ मलमा बुधबार साँझ आगलागी हुँदा सात

चीनमा स्मार्टफोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर

बेइजिङ । एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा सन् २०२४ मा यसले सबैभन्दा