रूसले पाइपलाइन तेल आपूर्ति रोकेको पोल्याण्डद्वारा जानकारी



पोल्याण्डको ऊर्जा समूह ‘पीकेएन अर्लेन’ले आफ्नो अन्तिम सम्झौताअनुसार ओर्लेनको आवश्यकताको १० प्रतिशत हिस्सा ओगटेको ड्रुज्बा पाइपलाइनमार्फत रुसी तेल प्राप्त गर्न बन्द गरेको शनिबार घोषणा गरेको छ ।

‘पोल्याण्डतर्फको ड्रुज्बा पाइपलाइनबाट हुने आपूर्ति रूसी पक्षले रोकेको छ,’पोल्याण्डको कम्पनीमार्फत एएफपीले प्राप्त गरेको विज्ञप्तिमा भनिएको छ ।

यो कदमले पोल्याण्डका ग्राहकहरूलाई आपूर्तिमा असर नपार्ने भन्दै अर्लेनले अब सबै पेट्रोलियम पदार्थको आपूर्ति सामुद्री मार्गबाट हुने जनाएको छ ।

हालसम्म अर्लेनले आफ्नो इन्धन आवश्यकताको करिब १० प्रतिशत रूसी पाइपलाइनमार्फत र बाँकी सामुद्रिक मार्गबाट अन्य देशबाट आयात गर्दै आएको थियो ।

युक्रेनमा रूसको युद्धलाई लिएर युरोपेली सङ्घ (ईयू) ले नयाँ चरणको प्रतिबन्ध लगाउने सहमति गरेको एक दिनपछि यो कदम चालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशमा दिइने सहायता ‘स्थगित गर्न’ अमेरिकी विदेश मन्त्रालयको निर्देशन

बीबीसी । अमेरिकी विदेश मन्त्रालयले सबै प्रकारका वैदेशिक सहायता तत्कालका लागि रोक लगाउन

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को तयार रहेको बताएका

अमेरिकासँग कुनै व्यापार युद्ध नहुने मेक्सिकोका राष्ट्रपतिको भनाई

मेक्सिको । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको व्यापारका विषयमा दिएको टिप्पणीपछि मेक्सिकोकी राष्ट्रपति

श्रीलङ्कामा वर्षाका कारण २७ हजार परिवार विस्थापित

कोलम्बो । श्रीलङ्कामा भारी वर्षाका कारण दुई श्रीलङ्कालीको मृत्यु भएको र तीन जना