पाकिस्तानमा सवारी दुर्घटनामा १३ जनाको मृत्यु



पाकिस्तानको पूर्वी प्रान्तमा भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।

पञ्जाब प्रान्तको रहिम यार खान जिल्लाको रुकनपुर क्षेत्र नजिक रहेको सुपर हाइवेमा शनिबार बिहान भएको दुर्घटनामा १३ जनाको ज्यान गएको तथा २० जना घाइते भएका जिल्ला प्रहरी अधिकृत रिजवान उमर गोण्डलले बताएका छन् ।

राजमार्गमा गुडिरहेको यात्रीवाहक एउटा भ्यान टायर पड्केर पल्टँदा तीव्र वेगमा हुँइकिएको यात्रीवाहक अर्को कोच जीपमा ठोक्किएपछि १३ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी अधिकृत गोण्डलले बताए ।

प्रहरीका अनुसार घाइेतमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने संभावना छ । उद्धार टोलीले घाइतेलाई नजिकका अस्पतालमा भर्ना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अक्टोबर ७ को आक्रमणले अमेरिकी आणविक वार्ताको ‘अवसर नष्ट’ गरको  इरानको दाबी

  डाभोस । इरानका उपराष्ट्रपति मोहम्मद जावेद जरिफले हमासको सन् २०२३ अक्टोबर ७

भारतमा रेल दुर्घटनामा परी ११ जनाको मृत्यु

नयाँदिल्ली । बुधबार भारतमा रेलमा आगलागी भएको हल्लाका कारण ११ जनाको मृत्यु भएको

युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको भनाइ

  वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य

जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

टोकियो । जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ। उक्त प्रकोपले गर्दा यस