जी सेभनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने



युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तर्राष्ट्रिय समूह ‘जी सेभन’ले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने भएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पूरा हुन लागेको पूर्वसन्ध्यामा उक्त समूहका मन्त्रीहरूको बैठकमा नयाँ प्रतिबन्धबारे छलफल भएको हो ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा युक्रेनमा दिगो शान्तिका लागि मतदानको तयारी गरिरहेका बेला क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य रहेको अन्तरसरकारी मञ्च जी सेभनका मन्त्रीहरू नयाँ प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेका हुन् ।

भारतको बेङलुरुमा जी सेभेनका अर्थमन्त्रीबीच पनि युक्रेनलाई थप आर्थिक सहयोग गर्ने तथा रुसमाथि अझ कठोर प्रतिबन्ध लगाउने सम्बन्धमा विचारविमर्श भएको छ ।

एक वर्ष लामो द्वन्द्वमा एक लाख ५० हजार युक्रेनी र त्यति नै सङ्ख्यामा रुसीको ज्यान गएको पश्चिमा सूत्रहरूले बताएका छन् ।

युक्रेनप्रति ऐक्यबद्धता जनाउन अमेरिकासहित पश्चिमा देशका उच्च अधिकारीले किएभको भ्रमण गरेका छन् । ऐक्यबद्धता प्रकट गर्न स्पेनका प्रधानमन्त्री पनि आज किएभ पुगेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनालाई आफ्नो देशको फौजले परास्त गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा उनले युक्रेनीहरूले धेरै कठिन परिस्थिति झेलेका, उनीहरू विचलित नभएका तथा विजयी हुने बताउँदै युद्ध निम्त्याउनेहरूलाई हराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

‘डिफेन्डर अफ द फादरल्याण्ड डे’ का अवसरमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले देशको स्थायित्व रुसी सेनाबाटै प्रत्याभूत हुने बताउँदै हतियार उत्पादन बढाउने तथा राष्ट्रिय सेनालाई आधुनिक हातहतियारले सुसज्जित गर्ने वाचा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्विडेनको एक शिक्षा केन्द्रमा बन्दुकधारीको आक्रमणमा १० जनाको मृत्यु

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा १० जनाको मृत्यु

युएसएडले आफ्ना सबै कर्मचारीलाई बोलायो फिर्ता

वासिङ्टन । अमेरिकी सरकारको विशाल मानवीय निकाय युएसएआइडी (युएसएड) ले आफ्ना विदेशी पोस्टिङबाट

सिआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव

वासिङ्टन । अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए)ले आफ्ना सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव गरेको

ट्रम्पद्वारा मध्यपूर्वसम्बन्धी नीतिमा ठूलो परिवर्तनको घोषणा

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको मध्यपूर्वसम्बन्धी नीतिमा दशकौँ यताको