युक्रेन युद्धको एक वर्षपुग्नु अघि स्पेनका प्रधानमन्त्री कीभमा
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युक्रेनमा जारी रुसी आक्रमणको एकवर्ष पूरा हुनु एक दिन अघि आफ्नो समर्थन जनाउन बिहीबार कीभको यात्रा गरेका छन् ।
‘युक्रेनमा युद्ध शुरु भएको आज एक वर्ष पूरा हुँदैछ ,’ सान्चेजले युक्रेनको राजधानीमा ट्रेनबाट झरेको भिडियो सहित ट्वीट गरेका छन् ।
‘युरोपमा शान्ति नआएसम्म हामी युक्रेन र त्यहाँका जनताको साथमा उभिनेछौँ,’ उनले स्पेनिस भाषामा ट्वीट गरेका छन् ।