फिलिपिन्समा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु
फिलिपिन्समा विमान दुर्घटना हुँदा विमानमा सवार सबै चार जनाको मृत्यु भएको छ । विमान फिलिपिन्सको ज्वालामुखी विस्फोट भएको स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनाग्रस्त क्षेत्रमा खोजी अभियान सञ्चालन गरेपछि चार जनाको मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन् ।
दुर्घटनामा मारिनेमा पाइलट रुफिनो जेम्स क्रिसोस्टोमो जुनियर, चालक दलका सदस्य जोएल मार्टिन र अष्ट्रेलियाका प्राविधिक सल्लाहकार साइमन चिपरफिल्ड र कार्ती सन्थानम रहेका छन् ।
उनीहरुको शव माउन्ट मेयोन ज्वालामुखीमा भेटिएको थियो । चारै जना मानिस मनिलास्थित जियोथर्मल फर्म इनर्जी डेभलपमेन्ट कर्पका कर्मचारी रहेको सीएनएनले कम्पनीका अध्यक्ष र प्रमुख अपरेटिङ अफिसर आरलाई उदृत गर्दै उल्लेख गरेको छ।
अल्बे प्रान्तको बिकोल अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार उडान भरेपछि मनिला जाँदै गरेको सेसना ३४० विमानको हवाई ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भई दुर्घटना भएको जनाएको छ ।