खानी विष्फोटमा परी मालीमा तीन शान्ति सैनिकको मृत्यु



मालीमा रहेको संयुक्त राष्ट्रसङ्घीय बहुआयामिक एकीकृत स्थिरता मिसन (मिनुस्मा) ले खानी विस्फोटमा परी तीनजना शान्ति सैनिकको मृत्यु भएको जनाएको छ ।

मिनुस्मा फोर्सको काफिले फेब्रुअरी २१ मा एक इम्प्रोभाइज्ड विस्फोटक उपकरणमा ठोक्किँदा दुर्घटना भएको हो । प्रारम्भिक रिपोर्टअनुसार विस्फोटमा तीन शान्ति सेनाको मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते छन् ।

संयुक्त राष्ट्रसङ्घ मिशनले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको छ । पश्चिम अफ्रिकी देशमा सन् २०२२ अक्टोबर ३ यता १८ वटा विभिन्न किसिमका आक्रमणमा चार शान्ति सैनिकहरू गुमाएको बताएको छ । सन् २०१२ देखि माली सुरक्षा, राजनीतिक र आर्थिकरूपमा गहिरो सङ्कटमा फसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशमा दिइने सहायता ‘स्थगित गर्न’ अमेरिकी विदेश मन्त्रालयको निर्देशन

बीबीसी । अमेरिकी विदेश मन्त्रालयले सबै प्रकारका वैदेशिक सहायता तत्कालका लागि रोक लगाउन

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को तयार रहेको बताएका

अमेरिकासँग कुनै व्यापार युद्ध नहुने मेक्सिकोका राष्ट्रपतिको भनाई

मेक्सिको । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको व्यापारका विषयमा दिएको टिप्पणीपछि मेक्सिकोकी राष्ट्रपति

श्रीलङ्कामा वर्षाका कारण २७ हजार परिवार विस्थापित

कोलम्बो । श्रीलङ्कामा भारी वर्षाका कारण दुई श्रीलङ्कालीको मृत्यु भएको र तीन जना