एङ्कोरबाट चोरिएका प्राचीन राजमुकुट र आभूषण लन्डनमा फेला
क्याम्बोडियास्थित एङ्कोरका प्राचीन शासकका राजकीय अलङ्कार र आभूषणहरू गत ग्रीष्मयाममा लन्डनमा फेला परेको छन् ।
तीमध्ये केही सातौँ शताब्दीका छन् । ती सामग्रीहरू एङ्कोरबाट चोरी भएर विदेशिएका थिए। ती सामग्रीहरू पुरातात्त्विक वस्तुको तस्करी गर्ने ब्रिटेनका डग्लस ल्याच्फर्डको स्वामित्वमा थिए ।
तीमध्ये अधिकांश राजकीय आभूषणहरू पहिला कहिल्यै पनि आफूले नदेखेको र ती अहिले पनि अस्तित्वमा रहेको थाहा पाउँदा आफूहरू छक्क परेको विज्ञहरूले बताएका छन् ।
आभूषणहरूको सङ्ग्रह गोप्य रूपमा क्याम्बोडियाको राजधानी फिर्ता पठाइएको छ। अब ती पुरातात्विक वस्तुहरू त्यहाँको राष्ट्रिय सङ्ग्रहालयमा प्रदर्शनीमा राखिनेछ ।
संयुक्त राज्य अमेरिकामा मुद्दाको सुनुवाइको पालो कुर्दाकुर्दै ल्याच्फर्डको सन् २०२० मा मृत्यु भएको थियो । उनको मृत्युपछि उनको परिवारले क्याम्बोडियाबाट चोरिएका ती वस्तुहरू फिर्ता गर्ने वचन दिएको थियो।
तर फिर्ता हुन लागेको सङ्ग्रहमा के छ भन्ने क्याम्बोडियाली अधिकारीहरूलाई थाहा थिएन । गत वर्ष लन्डनको भ्रमण गर्दा उनले पहिलो पटक ती प्राचीन आभूषणहरू देखेका थिए ।
ती बाकस खोलेर हेर्दा राजमुकुट, कम्मरबन्द र कुण्डलसहित सुनबाट बनेका र रत्नजडित ७७ वटा विभिन्न आभूषण फेला परेका थिए । तीमध्ये एउटा ठूलो कचौरा ११औँ शताब्दीको भएको ठानिएको छ। परीक्षण गर्न बाँकी भए पनि त्यो ठोस सुनबाट बनेको जस्तो देखिन्छ।