हुथी विद्रोहीको आक्रमणमा यमनमा ९ जनाको मृत्यु



यमनको उत्तरी प्रान्त अल–जावफमा रहेको सरकारी सेनाका टुकडीहरूमा हुथी विद्रोहीहरूले रातभरी गरेको आक्रमणमा नौ जनाको मृत्यु भएको छ ।

“सरकारी सेना र हुथी लडाकुहरूबीच अबतार क्षेत्र र साउदी अरेबियाको सिमाना जोडिएको अन्य थुप्रै क्षेत्रहरूमा आइतबार रातभर सशस्त्र भिडन्त भएको थियो जसमा कम्तीमा चार सैनिक र पाँच विद्रोहीको मृत्यु भएको स्थानीय सैन्य अधिकारीले नाम नछाप्ने सर्तमा बताएका छन् ।

“सरकारी सेनाले विद्रोहीको आक्रमणलाई रोक्न सफल भयो,” उनले भने । हुथीहरूले विगत केही समयदेखि साउदी अरेबियाको सीमावर्ती क्षेत्रमा तैनाथ यमनी सरकारी सेनामाथि आक्रमणलाई तीव्र पारेका छन् ।

गत वर्ष अक्टोबरमा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा गरिएको युद्धविरामको म्याद सकिएपछि यमनले स्थानीय युद्धरत गुटहरूबीच छिटफुट सशस्त्र भिडन्त ब्यहोरिरहेको छ

यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा फसेको छ । हुथी मिलिसियाले थुप्रै उत्तरी सहरहरूमा आक्रमणलाई तीव्र पार्दै यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकाल्न बाध्य पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

याङ्गुन । उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२

इन्डोनेसियाको सपिङ मलमा आगलागी, सात जनाको मृत्यु भएको आशङ्का

जकार्ता । इन्डोनेसियाको जाकार्ता शहरको एक सपिङ मलमा बुधबार साँझ आगलागी हुँदा सात

चीनमा स्मार्टफोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर

बेइजिङ । एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा सन् २०२४ मा यसले सबैभन्दा